Main News

काठमाडौंमा कस्तो छ बालेन शाहको आकर्षण ? (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख २४ गते २०:३५
काठमाडौंमा कस्तो छ बालेन शाहको आकर्षण ? (भिडियो रिपोर्टसहित)

२४ वैशाख २०७९ काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा स्वतन्त्र उठेकामध्ये बालेन्द्र शाह अर्थात बालेन शाहको चर्चा धेरै छ । काठमाडौं महानगरपालिकाको मेयर बन्ने सपना देखिरहेका ३१ वर्षीय बालेनको चुनाव प्रचारप्रसारशैलीले धेरैलाई आकर्षित गरेको छ । बालेनप्रतिको आकर्षण ब्यालेट बक्ससम्म कायम रहन्छ रहँदैन हेर्न बाँकी छ ।

शनिबार बालेन शाह र समर्थक चुनाव प्रचारप्रसार कार्यक्रममा बिहानभर पेप्सीकोलामा व्यस्त भए । बालेनको पक्षमा भोट माग्ने र नारा लगाउने युवाको संख्या बाक्दै देखिन्थ्यो ।

पेप्सिकोलाबासी बालेन देख्ने बित्तिकै फोटो खिचाउन सडकमा आइपुग्थे । बालेनको चुनावी प्रचार अन्य दलको भन्दा फरक देखियो । बालेनका समर्थक गीतसंगीत बजाउनेभन्दा पनि आफ्ना एजेण्डामा नारा लगाउँथे । बालेन शाह पनि घर, पसल(पसल, फुटसल मैदान पुगेर नमस्कार गर्ने र भोट माग्ने गरिरहनु भएको थियो ।

सडकमा मात्रै होइन घरका बरण्डा र घरका छतबाट पनि बालेनलाई समर्थन र नमस्कार गर्नेहरु प्रशस्तै देखिन्थे । उनीहरु आफ्नो काम छोडेरै फोटो खिचिरहेका थिए । कोही पूजा गर्नै छोडेर बालेनसँग फोटो खिच्न ब्यस्त देखिए ।

विगतका वर्षमा अन्य राजनीतिक दलका उम्मेदवारलाई भोट दिँदा पनि काम नगरेको भन्दै आक्रोशित छन् । बालेनको शैलीले धेरैलाई आकर्षित गरेको थियो ।

नयाँ पुस्ताले रुचाएका र्‍यापर बालेन शाहको चर्चा भूगोलभन्दा भर्चुअल माध्यम अर्थात् सामाजिक सञ्जालमा बढी छ । बालेनको राजनीतिक उडानले कसरी अवतरण गर्छ, त्यो हेर्न वैशाख ३० गतेसम्म पर्खनु पर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *