रुकुम पश्चिममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप

२४ वैशाख २०७९ रुकुम पश्चिम । रुकुम पश्चिममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।
आठबिसकोट र चौरजहारी नगरपालिकामा गएराति भएको झडपमा दुई जना प्रहरीसहित दश जना घाइते भएका छन् । आठबिसकोट नगरपालिका–३ खदीमा भएको झडपमा दुई प्रहरीसहित ७ जना घाइते भएका छन् ।
झडपमा माओवादीका तर्फबाट वडा अध्यक्षका उम्मेदवार केशरमान विक, तुलबहादुर विक र सन्तोष विक घाइते भएका छन् ।
त्यस्तै कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन् । झडप नियन्त्रणको क्रममा प्रहरी जवानहरु बुद्धबहादुर थापा र चक्रबहादुर रोकाया घाइते भएका छन् ।
त्यसैगरी चौरजहारी नगरपालिका–१ घारीगाउँमा माओवादी कार्यकर्ताको आक्रमणबाट कांग्रेस वडा सभापति यज्ञश विष्ट, तरुण दल चौरजहारीका अध्यक्ष त्रिलोचन गिरी र कांग्रेस कार्यकर्ता मनबहादुर विक घाइते भएका छन्।
घाइते विष्ट र विकको टाउकोमा गम्भीर चोट लागेका कारण थप उपचारको लागि नेपालगञ्ज लगिएको छ ।
प्रतिक्रिया