राजनीति

राजनीतिक स्थायित्वका लागि गठबन्धन : वरिष्ठ नेता पौडेल

हिमालय टिभी
२०७९ वैशाख २३ गते १८:०७
राजनीतिक स्थायित्वका लागि गठबन्धन : वरिष्ठ नेता पौडेल

२३ वैशाख २०७९ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तन, संविधान, गणतन्त्र र स्थायित्व कायम गर्ने उद्देश्यका साथ पाँच दलबीचका गठबन्धन भएको बताउनुभएको छ ।

नेपालले कहिल्यै राजनीतिक स्थायित्व पाउन नसकेको उल्लेख गर्दै उहाँले विकास र प्रगतिको बाटोमा हिँड्न नसक्नुको कारण खोज्दै आफूहरुले गठबन्धन गरेको स्पष्ट पार्नुभयो ।

पाँच दलीय गठबन्धनले आज यहाँ आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उहाँले अहिलेको गठबन्धन परिवर्तनको पक्षमा उभिएकाले प्रतिगामी शक्तिका विरुद्ध प्रगतिशील शक्ति एक ठाउँमा उभिएको बताउनुभयो । निमित्त नायक बन्दै नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले संसद् र जनतम तथा स्थायित्व र सुशासनमाथि प्रहार गरेको आरोप लगाउनुभयो । उहाँले एकले अर्कालाई सहयोग गरेर अगाडि जानुपर्नेमा जोड दिँदै भन्नुभयो, “छ वटा महानगरमध्ये तीन वटा महानगरमा कांग्रेसले सहयात्री दललाई सहयोग गर्छ भने तीन वटामा कांग्रेसले सहयोग पाउँछ ।”

नेपालको संविधान र निर्वाचन प्रणालीले पनि संयुक्त सरकारको परिकल्पना गरेकाले गठबन्धन जरुरी रहेको नेता पौडेलको भनाइ थियो । उहाँले पुरानो र सङ्कीर्ण सोचबाट उठेर देशको मूल समस्या समाधान गर्न एक ठाउँमा उभिनुपर्ने भएकाले र अलगअलग पार्टीबीचमा एकता जरुरी रहेको स्पष्ट पार्नुभयो ।

सामाजिक न्याय कायम गरेर निमुखा जनतालाई न्याय, विपन्न जनतालाई आयको वातावरण बनाउने गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नेता पौडेलले कृष्णप्रसाद भट्टराईले देख्नुभएको सपना साकार भएको र त्यसलाई अझ विस्तार गरेर जानुपर्ने, एवं काठमाडौँ उपत्यकाको फोहरमैलाको व्यवस्थापनका लागि दीर्घकालीन सोचका साथ काम गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्