Main News

ओलीसँग भोट माग्ने नैतिक आधार छैन : महामन्त्री थापा

हिमालय टिभी
२०७९ वैशाख २३ गते १७:०१
ओलीसँग भोट माग्ने नैतिक आधार छैन : महामन्त्री थापा

२३ वैशाख २०७९ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको दाबी गर्नुभएको छ ।

प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा आज गरेको कार्यक्रममा महामन्त्री थापाले २०७४ सालयताको ५ वर्ष कम्युनिष्टले सरकार चलाएको र यो समय खेर फालेकाले भोट माग्ने आधार नभएको बताउनुभयो ।

उहाँले कम्युनिष्ट पार्टीहरुले जनताले देश विकासका लागि जिताएर पठाए पनि ५ वर्ष खेर फालेकोले त्यसको लागि जनतासमक्ष क्षमा माग्नु पर्ने बताउनुभयो ।

महामन्त्री थापाले अबको ५ वर्ष नेपाली कांग्रेसलाई सबै तहको सरकारको जिम्मा दिनुपर्ने बेला भएको बताउनु भयो ।

उहाँले यसपटकको स्थानीय निर्वाचनमा काँग्रेसबाट जित्ने सदस्यहरुले श्रोत, साधनको अपचलन नगर्ने दाबी गर्नुभयो । उहाँले अबको ५ वर्ष विगतको ५ वर्ष भन्दा फरक रहने पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *