Main News

विश्वमा कलाकार र खेलाडीले पाएको राजनीतिक सफलताको प्रभाव नेपालमा

२०७९ वैशाख २२ गते २१:०४
विश्वमा कलाकार र खेलाडीले पाएको राजनीतिक सफलताको प्रभाव नेपालमा

२२ वैशाख २०७९ काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनको सरगर्मी बढिरहँदा राजनितिमा कलाकारको प्रवेशले पनि निकै चर्चा पाएको छ । विश्वमै हेर्ने हो भने कलाकार, खेलाडी जस्ता गैरराजनीतिक क्षेत्रमा सक्रिय व्यक्तिले राजनीतिमा प्रवेश गरेर ठुलो सफलता पनि पाएका छन् । के नेपालमा पनि यस्तो अवसर ति व्यक्तिले पाउलान् ?

भनिन्छ, तपाईलाई राजनीतिमा लगाव नभए पनि राजनीतिलाई तपाईमाथि सँधै रुची रहन्छ । सामाजिक प्राणी मानिस कुनै न कुनै आस्था वा विचारसँग नजिक रहन्छ । सामाजिक पृष्ठभूमि र वातावरणले पनि मानिस पूर्ण रुपमा स्वतन्त्र रहन कठिन छ ।

यसैको परिणाम थुप्रै कलाकार र खेलाडीहरुसमेत विभिन्न रुपमा राजनीतिमा आबद्ध भइरहेका छन् । राष्ट्रका गहना मानिने कलाकार वा खेलाडीहरू सबैका साझा हुन्छन् भन्ने विश्वास छ । तर, यो मान्यतालाई तोड्दै थुप्रै खेलाडी र कलाकार खुल्ला रूपमै राजनीतिमा सामेल भइरहेका विश्वव्यापी उदाहरणहरु छन् ।

छिमेकी मुलुक भारतकै सन्दर्भमा हेर्ने हो भने पनि खेलाडी जीवन र कलाकारितामा चर्चा कमाएका धेरै हस्तीहरु राजनीतिमा पाइला चालिरहेका छन् भने कतिले राम्रै स्थान समेत बनाए । खेलाडीहरु राज्य बर्धन राठौर, नफिसा अली, विजेन्दर सिंह, कृष्णा पुनिया जस्ता हस्तीहरुले राजनितिमा पनि बलियो उपस्थिति जनाएका छन् ।

अझ क्रिकेट खेल जीवनबाट सन्यास लिएका महान खेलाडी सचिन तेन्दुल्कर, नवजोत सिंह सिद्दु, मोहम्मद अजहरूद्दिन, गौतम गम्भीर, मन्सुर अली खान, कीर्ति आजाद, मनोज तिवारी र मोहम्मद कैफ जस्ता खेलाडी यो सुचीको अग्रस्थानमा छन् ।

राजनीतिक व्यक्तित्वभन्दा पनि दृढता, स्पष्ट योजना र इमानदार छविकै कारण उनीहरु त्यहाँ लोकप्रिय छन् । सन् २००४ का ओलम्पिकमा रजत पदक विजेता सुटर राज्य बर्धन राठौर सन् २०१३ मा भारतीय सेनाबाट अबकास प्राप्त गरी भारतीय जनाता पार्टी भाजपामा आबद्ध भए । जयपुर निर्वाचन क्षेत्रका उनी यसै दलबाट सञ्चार राज्यमन्त्री साथै खेलकुद मन्त्री हुन उनी सफल भए ।

दुई पटकका पौडी च्याम्पियन नफिसा अलीले सन् २००९ मा समाजवादी पार्टीबाट लोकसभा चुनाव जितिन् । खेलाडी जिवन पछि कलाकार हुँदै राजनितिमा प्रवेश गरेकी उनी हाल तृणमुल कांग्रेस टिएमसीमा आबद्ध छन् । त्यस्तै, बेइजिङ ओलम्पिकको काँस्य पदक विजेता भारतीय मुक्केबाज विजेन्दर सिंह र एसियन गेम्स्मा दुई पटकको काँस्य विजेता कृष्णा पुनिया भारतीय राष्ट्रिय कांगे्रसमा आबद्ध छन् ।

भारतमा क्रिकेटका भगवान मानिने सचिन तेन्दुल्करलाई २०१२ मा भारतीय राष्ट्रपतिले राज्य सभाको सदस्यता दिएका थिए । पूर्व क्रिकेटर तथा कमेन्टेटर नवजोत सिंह सिद्दु २००४ मा भाजपा प्रवेश गरि दुई पटक लोकसभा चुनाव जिते । म्याच फिक्सिङ काण्डमा मुछिएपछि सन् २००० मा भारतीय टोलीबाट हटाईएका मोहम्मद अजहरूद्दिन २००९ मा कांगे्रसबाट चुनाव जिते । क्रिकेटमा सफल अर्का पूर्व खेलाडी गौतम गम्भीरले २०१९ मा भाजपाका लागि दिल्लीबाट लोकसभा चुनाव जितेका थिए । सन् १९८३ को विश्वकप विजेता क्रिकेट टोलीका सदस्य कीर्ति आजाद अहिले पनि राजनीतिमा सक्रिय छन् ।

भारत बाहेकका राष्ट्रका खेलाडीहरुमा पनि बेतालयतका धावक सेवास्टिन को, लाइबेरियाका फुटबल खेलाडी जर्ज वेले, रसियाका चेस खेलाडी गेरी कास्पारोभ, फिलिपिन्सका स्टार मुक्केबाज मेनी पाक्वीयो पनि खेलाडी जिवन पछि राजनितिमा सफल व्यक्तिका रुपमा चर्चित छन् । पछिल्लो पटक पाकिस्तानको प्रधानमन्त्रीबाट हटाईएका इमरान खान खेलकुद र राजनितिमा सफल संसारका बिरलै व्यक्तिमा पर्छन् ।

खेलाडीमात्र नभई भारतीय कलाकारहरुको पनि राजनितिमा बाब्लै उपस्थिति छ । जया बच्चन, हेमा मालिनी, गोविन्दा, शत्रुघ्न सिन्हा, सुनिल दत्त, विनोद खन्ना, परेश रावल, राज बब्बर, स्मृति इरानी, जया प्रदा लगायत दर्जनौं कलाकारले राजनितिमा समेत प्रभाव जमाइरहेका छन् । हेमा मालिनी, किरण खेर, परेश रावल जस्ता हस्तीहरु भाजपाबाटै राजनितिमा सक्रिय छन् । दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता प्रकाश राज बलिउड अभिनेत्री उर्मिला मातोंडकर, इशा कोपिकर, रवि किसन जस्ता कलाकारहरु पनि पछिल्लो समय राजनितिमा सक्रिय रहँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *