राजनीति

एमालेले मात्रै देशमा स्थिरता दिन सक्छ : अध्यक्ष ओली

२०७९ वैशाख २२ गते २०:३८
एमालेले मात्रै देशमा स्थिरता दिन सक्छ : अध्यक्ष ओली

२२ वैशाख २९७९ सुदूरपश्चिम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले मात्र देशमा स्थिरता र स्थायित्व दिन सक्ने बताउनुभएको छ ।

सो पार्टीद्वारा आज धनगढीमा आयोजित चुनावीसभामा पूर्वप्रधानमन्त्री ओलीले नेपाललाई विकास र सुशासनको बाटोमा लैजान स्थिरता र स्थायित्वको आवश्यकता रहेकोमा जोड दिँदै एमालेले मात्रै स्थिरता दिन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘राष्ट्रियताको संरक्षण र देशमा विकास र समृद्धि ल्याउन सक्ने शक्ति एमाले मात्रै हो ।’’

सभामा एमालेका केन्द्रीय सचिव लेखराज भट्टले पनि समसामयिक विषयमा बोल्नुभएको थियो । एमालेका अध्यक्ष ओलीले आजै कैलालीको बर्दगोरिया, कञ्चनुपरको बेलौरीलगायत क्षेत्रमा भएका चुनावीसभालाई पनि सम्बोधन गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्