निर्वाचनको चहलपहल–बेलहिया नाका हुँदै स्वेदश फर्कनेको संख्या बढ्यो (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख २१ गते २१:२०
निर्वाचनको चहलपहल–बेलहिया नाका हुँदै स्वेदश फर्कनेको संख्या बढ्यो (भिडियो रिपोर्टसहित)

२१ वैशाख २०७९ रुपन्देही । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा छिमेकी देश भारतमा रोजगारी तथा अध्ययनको शिलशिलामा गएका नेपालीहरु फर्किन थालेका छन । नेपाल–भारत सीमा बेलहिया नाका हुँदै नेपाली नागरिक स्वेदश फर्किरहेका छन ।

रुपन्देहीको बेलहिया नाका हो । बिहानको ६ बज्दा नेपाल–भारत सीमा बेलहिया नाका खुल्छ । नाका खुलेसँगै कोही रिक्सामा, कोही गाडीमा त कोही पैदल हिंड्दै झोला गुण्टा बोकेर स्वदेश फर्किदै छन ।

भारतबाट नेपाल फर्किएका नेपालीलाई बेलहियामा स्थापना गरिएको हेल्थ डेस्कमा कोरोना परीक्षण गरिन्छ, अनि मात्र गन्तब्यतर्फ जान दिइन्छ । त्यसमध्ये तनहुँका कृष्णराम अधिकारी भर्खरै दिल्लीबाट नेपाल फर्किदै हुनुहुन्छ । कोरोना परीक्षण पछि रिपोर्टको प्रतिक्षामा रहेका अधिकारी मतदान गरेर मात्र भारत फर्किने योजनामा हुनुहुन्छ ।

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा रोजगारी तथा अध्ययनको शिलशिलामा भारतमा रहेका नेपाली नागरिक स्वदेश फर्किरहेका छन । मतदान गर्नकै लागि भारतबाट फर्किँदै गरेका नागरिकले अब चुनिने जनप्रतिनिधिलाई विकासका नाममा डोजर चलाएर खेतीयोग्य जमिन विनाश नगर्न सुझाव दिएका छन् ।

स्वदेशमा नै रोजगारी पाउन नसक्दा रोजीरोटीका लागि भारत जानुपर्ने बाध्यता नेपालीमा छ । अबको निर्वाचनमा भ्रष्टाचार नगर्ने, जनताको पक्षमा काम गर्ने नेतालाई मात्र जिताउन सके स्वदेशमा नै आफुहरुले रोजगारी पाउने भारतबाट फर्किँदै गरेका नेपालीको अपेक्षा छ ।

युवालाई रोजगारी दिने वा स्वरोजगार बनाउने भन्दै दलहरुले जारी गरेको घोषणा पत्रमा उल्लेख छ । उम्मेदवारहरुले पनि ठूलो स्वरमा यही भाषण गर्छन् । तर चुनाव जितेपछि सबै प्रतिवद्धता नेताहरुले बिर्सन्छन् । फेरि भोट हालेका मतदाता रोजरोटीका लागि भारत पस्न बाध्य हुन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *