Main News

नलपरासीपूर्वमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, तीन जना घाइते

हिमालय टिभी
२०७९ वैशाख २१ गते १३:०१
नलपरासीपूर्वमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, तीन जना घाइते

२१ वैशाख २०७९ नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा तीन जना घाइते भएका छन् ।

गएराति साढे १० बजे हुप्सेकोट–१ थारु टोलमा चुनाव प्रचार प्रसारको क्रममा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको हो । चुनाव प्रचारमा जाँदै गरेको कांग्रेसको ग ३ च १६०६ नम्बरको जीपमा एमाले कार्यकर्ताले आक्रमण गरेका हुन् ।

आक्रमणमा परि हुप्सेकोट १ का ३२ वर्षीय मनोज गुरुङ, वडा नम्बर ३ का २३ वर्षीय हरि केसी र वडा नम्बर १ का ४० वर्षीय चुडाबहादुर शेरपुजा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल, डण्डामा प्राथमिक उपचार पछि भरतपुर रिफर गरिएको छ ।

घटनास्थलबाट २ ओटा मोटरसाइकल नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *