Main News

नेपाली कांग्रेसले आजबाट देशका विभिन्न स्थानमा चुनावी सभा गर्दै

हिमालय टिभी
२०७९ वैशाख २१ गते ९:५२
नेपाली कांग्रेसले आजबाट देशका विभिन्न स्थानमा चुनावी सभा गर्दै

२१ वैशाख २०७९ काठमाडौं । नेपाली कांग्रेसले आज विराटनगरमा आमसभा गर्दैछ । वैशाख ३० गते हुने स्थानीय निर्वाचन प्रचारका लागि चुनावी आमसभा गर्न लागेको हो ।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङको विराटनगर जाँदै हुनुहुन्छ । साथै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मा लगायतका नेताहरुले सभालाई सम्बोधन गर्ने पार्टीले जनाएको छ ।

कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर आजबाट देशभरका विभिन्न १० स्थानमा चुनावी सभा गर्ने भएको हो ।

जसअनुसार आज पहिलो दिन विराटनगर, वैशाख २२ गते दोस्रो दिन भरतपुर, वैशाख २३ गते तेस्रो दिन काठमाडौं, वैशाख २४ गते चौथो दिन रुपन्देही र सोही दिन दिउँसो तनहुँ, त्यस्तै वैशाख २४ गते नै जनकपुर, वैशाख २५ गते पाँचौ दिन पोखरा र दाङ, वैशाख २६ गते छैटौं दिन धनगढी र वैशाख २७ गते डडेल्धुरामा आमसभा गर्ने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *