समाज

जहाँ निर्वाचन आएको महसुस नै भएको छैन !(भिडियो रिपोर्टसहित)

२०७९ वैशाख २० गते २१:१७
जहाँ निर्वाचन आएको महसुस नै भएको छैन !(भिडियो रिपोर्टसहित)

२० वैशाख २०७९ पाँचथर । निर्वाचनको मतदान गर्ने दिन धेरै टाढा छैन । तर पाँचथरको दक्षिणी भेगका जनताले भने स्थानीय तहको निर्वाचन आएको जस्तो महसुस गरेका छैनन् ।

पाँचथरको दक्षिणी भेगमा राजनीतिक दलले भेटघाट तथा भेला कार्यक्रम गरेका छैनन् । जसका कारण त्यहाँका स्थानीयलाई चुनाव आएको जस्तो लागेको छैन । राँके, पुरानो पञ्चमी, घुर्विसे पञ्चमी, सप्तमी, रवि जस्ता दक्षिणी क्षेत्रका बजारहरुमा दलले कार्यकर्ता तहमा केही सभा गरे पनि नागरिक तहमा कुनै कार्यक्रम गरेका छैनन् ।

२०७४ सालमा लामो समयपछि स्थानीय तहको निर्वाचन भएका कारण पनि धेरै चहलपहल थियो । यो पटक चुनावमा स्थानीयको उत्साह देखिन्न ।

आफ्नो घर आँगमा आफ्ना प्रतिनिधि छान्न पाउने यो नागरिकका लागि अवसर हो । संघीय नेपालको स्थानीय तहमा पहिलो कार्यकाल विताउने जनप्रतिनिधिले सकारात्मक रुपमा काम गर्न नसकेकोले पनि स्थानीयमा उत्साह नआएको हो ।

निर्वाचनमा भड्किलो प्रचार प्रसार नहुनु राम्रै हो । तर जनताले विगतका कामलाई हेरेर उत्साहित नहुनु भने पक्कै राम्रो हैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *