Main News

शीर्ष नेताहरु चुनाव प्रचारमा को कति व्यस्त ? (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख २० गते २०:४४
शीर्ष नेताहरु चुनाव प्रचारमा को कति व्यस्त ? (भिडियो रिपोर्टसहित)

२० वैशाख २०७९ काठमाडौं । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु भोट माग्न व्यस्त छन् । चुनावी प्रचारप्रसारमा उम्मेदवारको भन्दा बढी शीर्ष नेताको व्यस्तता बढेको छ ।

यतिवेला उम्मेदवारहरु चुनाव प्रचारप्रसारमा व्यस्त छन् । उम्मेदवारहरु भोट माग्न व्यस्त हुँदा शीर्ष दलका नेताहरुलाई झनै चटारो छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न मंगलबार झापा पुग्नुभएको छ ।

यसअघि पनि उहाँको सेडुल निक्कै व्यस्त थियो । ओली वैशाख २ गते लमजुङमा आमसभामा सम्बोधन गर्न पुग्नुभयो । वैशाख ३ गते सर्लाही पुग्नुभयो । वैशाख ४ गते भने चुनावी प्रसारकै लागि ओली हुम्ला पुग्नुभयो । वैशाख ५ गते पार्टी प्रवेश कार्यक्रमका लागि ओली सोलुखुम्बु पुग्नुभयो । त्यसपछि पनि ओलीको देशदौडाहा कार्यक्रम रफ्तारमा चलिरहेको छ । काठमाडौंदेखि जिल्ला(जिल्लासम्मका कार्यक्रममा उहाँ दैनिक व्यस्त हुनुहुन्छ ।

पुष्पकमल दाहाल प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अवस्था पनि उस्तै छ । उहाँ वैशाख ३ गते पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नवलपरासी पुग्नुभयो ।

वैशाख ७ गते सिन्धुपाल्चोक, रामेछापमा पार्टि प्रवेश कार्यक्रमका लागि पुग्नुभयो । वैशाख ८ गते चुनावी अभियानका क्रममा धनगढी पुग्नुभयो । वैशाख ८ गते नै कैलालीको मसुरियामा आयोजित कार्यक्रममा पुग्नुभयो ।

वैशाख १७ पाँच दलीय गठबन्धनका नेताहरूसँग भेट गर्न चितवन पुग्नु भयो । निर्वाचन नजिकिएसँगै प्रचण्डको चितवन आवतजावत निकै बढेको छ । अन्य जिल्लामा पनि अध्यक्ष प्रचण्डको चुनावी दौड जारी छ ।

राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको चुनावी दौड पनि रफ्तारमा चलिरहेको छ । चुनावी सभा सम्बोधनका लागि १४ गते कैलालीको ६ वटा सभामा सबम्बोधन गर्न पुग्नुभयो ।

१५ गते नुवाकोटको चुनावी सभालाई सम्बोधन गर्नुभयो । चुनावी प्रसारको लागि बैशाख १६ गते नुवाकोट र १७ गते लमजुङ, १८ गते तनहुँ, १९ गते झापा र २० गते पर्साको चुनावी सभालाई सम्बोधन गर्नुभयो ।

माधव नेपाल
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि चुनावी प्रचारमा निक्कै दौडिनु भएको छ । गृहजिल्ला रौतहटसहित विभिन्न जिल्ला पुगिसकेका नेपालको मौन समयसम्मकै लागि व्यस्त सेडुअल छ ।

निर्वाचन आचारसंहिता लागु भएपछि विभिन्न स्थानमा हुने कार्यक्रम रद्ध गरेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने चुनावी प्रचारप्रसारका लागि उपत्यका बाहिर जानु भएको छैन ।

तर उहाँले काठमाडौंबाटै कार्यकर्ताहरुलाई विभिन्न निर्देशन भने दिइरहनु भएको छ । चुनाव प्रचारप्रसारका लागि शीर्ष नेताहरुको दौडधुपसँगै उनीहरुले दैनिकरुपमा गरिरहेको खर्च पनि बढीरहेको छ । अर्कोतर्फ कतिपय ठाउँमा शीर्ष नेताहरुबाटै निर्वाचन आचारसंहिता पालनाबारे प्रश्नसमेत उठिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *