राजनीति
एमालेसँग पाँच दलीय गठबन्धन थर्कमान भए : अध्यक्ष ओली (भिडियो रिपोर्टसहित)
२०७९ वैशाख २० गते १८:२८
२० वैशाख २०७९ झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन एमालेसँग थर्कमान भइरहेको बताउनुभएको छ ।
झापाको भद्रपुर ३ स्थित ज्ञाने चोकमा चुनावी आमसभामा अध्यक्ष ओलीले एमालेबाहेक अन्य दल देश विरोधी र विकास विरोधी भएको आरोप लगाउनुभयो।
उहाँले गठबन्धनमा रहेका दललाई सँगै लिएर हिंड्न कांग्रेसलाई लाज लागे पनि अरु दल पछि लाग्न नछाडेको टिप्पणी गर्नुभयो ।
अध्यक्ष ओलीले झापाको भद्रपुर, गोलधाप, मेचीनगर नगरपालिका र विर्तामोडमा चुनावी सभालाई सम्बोधन गर्नुभएको छ ।
प्रतिक्रिया