खेलकूद
नेपाल र जिम्बाब्वे एबीच आज दोस्रो खेल
२०७९ वैशाख १९ गते ८:४०
१९ वैशाख २०७९ काठमाडौं । नेपाल र जिम्बाब्वे ए बीच आज ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृंखलाको दोस्रो खेल हुँदैछ ।
पहिलो खेलमा पराजित नेपाल आज पाहुना टोलीविरुद्ध जित निकाल्दै शृंखला १–१ को बराबरी गर्ने लक्ष्यमा रहनेछ ।
उता जिम्बाब्वे भने शृंखलामा २–० को अग्रता लिने दाउमा हुनेछ । हिजो भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल दिउँसो एक बजे शुरू हुनेछ ।
विश्व क्रिकेट लीग डिभिजन–टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय शृंखला अघि नेपालले जिम्बाब्वेसँग तीन ट्वेन्टी–ट्वेन्टी र तीन एक दिवसीय शृंखला खेलिरहेको छ ।
प्रतिक्रिया