Main News

उम्मेदवारी फिर्ता लिएको वक्तव्य निकाल्ने बागीमाथि कांग्रेसले कारबाही नगर्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख १८ गते १९:१३
उम्मेदवारी फिर्ता लिएको वक्तव्य निकाल्ने बागीमाथि कांग्रेसले कारबाही नगर्ने (भिडियो रिपोर्टसहित)

१८ वैशाख २०७९ काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई कारबाही नगर्ने भएको छ ।

पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले पार्टीको निर्देशन विपरित उम्मेदवारी दिने व्यक्ति पार्टी विधान अनुसार स्वत्ः पार्टीबाट निष्काशित हुने भए पनि पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई कारबाही नहुने बताउनुभयो ।

उहाँले प्राविधिक कारणले समयमै उम्मेदवारी फिर्ता लिन नसक्नेहरुले आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकारेर प्रचारमा गएमा बिधानको व्यवस्था अनुसार नहुने उल्लेख गर्नुभयो ।

प्रवक्ता महतले स्थानीय तह निर्वाचनमा तालमेल सफल भएको बताउनुभयो । उहाँले कतिपय ठाउँमा स्थानीय अवस्थाका अनुसार तालमेलमा असन्तुष्टि देखिएपनि आम रुपमा हेर्दा गठबन्धन सफल भएको दाबी गर्नुभयो ।

नेपाली कांग्रेसको देशभरमा ३० हजार ६२८ जनाको उम्मेदवारी परेको छ। जसमध्ये मेयरमा २६५ जना, गाउँपालिका अध्यक्षमा ३७२ जना, उपमेयरमा १९४ जना, गाउँपालिका उपाध्यक्षमा ३४० जना, वडा अध्यक्षमा ६ हजार ४३ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *