राजनीति
सरकार चुनाव भाँड्न लागेको एमाले अध्यक्ष ओलीको आरोप
२०७९ वैशाख १८ गते १८:३७

१८ वैशाख २०७९ हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले चुनाव भाँड्न खोजेको आरोप लगाउनुभएको छ ।
नेकपा एमाले मकवानपुरले हेटौंडामा गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले अहिलेको सरकार चुनावको पक्षमा नरहेको र चुनाव रोक्न खोजिरहेको आरोप लगाउनुभयो ।
एमालेको दबाबका कारण वैशाख ३० गतेका लागि निर्वाचन तोकिएको र देशभरकै शक्ति एकैसाथ आएपनि एमाले को हो भनेर निर्वाचन परिणामबाट देखाइदिने उहाँले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया