Main News

नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंह नियुक्त

दुई सिनियर एआईजी अदालत जाने तयारीमा

हिमालय टिभी
२०७९ वैशाख १८ गते १४:४५
नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंह नियुक्त

१८ वैशाख २०७९ काठमाडौं । सरकारले नेपाल प्रहरी महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपी बनाउने निर्णय गरेको हो। २०४९ चैत २९ गते प्रहरी निरीक्षकमा भर्ना भएका सिंह विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुकलाई पछि पार्दै प्रहरी महानिरीक्षक हुनुभएको हो ।

दैलेखको विजौरामा २०२४ सालमा जन्मिएका सिंहले कानूनमा स्नातक र मानविकीमा स्नातकोत्तर अध्ययन गर्नुभएको छ । ३० वर्षे सेवा अवधि कायमै रहे सिंहले अब एक वर्ष प्रहरी संगठनको नेतृत्व गर्नुहुनेछ । सिंहले प्रहरी नायब महानिरीक्षक (डीआईजी) छँदा मधेस प्रदेश र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गर्नुभएको थियो ।

यसैगरी सरकारले राजु अर्याललाई सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । अर्याल आईजीपीका लागि एक्ला दाबेदार हुनुहुन्थ्यो। एआईजीका दुई दरबन्दीमध्ये रामशरण पौडेलले आजदेखि अवकाश पाउँदै हुनुहुन्छ ।

यसैबीच, सरकारले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि दुई सिनियर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अदालत जाने भएका छन । एआईजी पोखरेल र थापाले सर्वोच्च अदालत जाने तयारी थाल्नु भएको हो ।

पोखरेल र थापा एआईजी बनेको एक वर्षपछि सिंह एआईजीमा नियुक्त हुनुभएको थियो । त्यसैले पोखरेल र थापाले वरिष्ठता र कार्यसम्पादनका आधारमा आफू महानिरीक्षक हुनुपर्ने माग गर्दै अदालत जाने तयारी गर्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *