राजनीति

आफ्ना स्वतन्त्र उम्मेदवारहरुलाई मतदान गर्न महासचिव विप्लवको आह्वान

हिमालय टिभी
२०७९ वैशाख १८ गते १२:५८
आफ्ना स्वतन्त्र उम्मेदवारहरुलाई मतदान गर्न महासचिव विप्लवको आह्वान

१८ वैशाख २०७९ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो पार्टीको समर्थन प्राप्त स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न आह्वान गर्नुभएको छ ।

चन्दले आज अपिल जारी गर्दै देशभक्त एवं जनवादी स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो । संसदीय सत्ता र व्यवस्थाभित्रको इकाईबाट आमूल परिवर्तन संभव नभए पनि, राष्ट्र र जनताको पक्षमा संघर्ष गर्ने कार्यनीतिक मोर्चाका रुपमा लिएको अपिलमा उल्लेख छ ।

स्थानीय चुनावमा एमसीसी एवं राष्ट्रघातविरोधी देशभक्त, जनवादी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने नीति र निर्णय पारित गरेको अपिलमा उल्लेख छ ।

आफूले समर्थन गरेका स्वतन्त्र प्रतिनिधिले राष्ट्र र जनताकाविरुद्ध कार्य गरेमा भ्रष्टाचार, अनियमितता लगायत निजी स्वार्थका लागि प्रयोग भएको देखिएमा समर्थन फिर्ता हुने पनि अपिलमा उल्लेख गरेको छ ।

पार्टीमा निर्वाचनमा सहभागी हुनेनहुने विषयमा विवाद भइरहेका बेला महासचिव चन्द अपिल आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्