Main News

बागी उम्मेदवार कहाँ कति ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख १७ गते २१:२०
बागी उम्मेदवार कहाँ कति ? (भिडियो रिपोर्टसहित)

१७ वैशाख २०७९ काठमाडौं । बागी उम्मेदवारी गठबन्धनका लागि टाउको दुखाईको विषय बनेको थियो । तर, उम्मेदवारी फिर्ता लिने दिन धेरै बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि टाउको दुखाई केही कम त भएको छ । तर केही स्थानमा भने बागी उम्मेदवारी कायम छ।

प्रदेश १ को पालिका प्रमुखमा कांग्रेसका ७, एमालेका ९, माओवादी केन्द्रका ११, जनता समाजवादीका ५ र एकीकृत समाजवादीका २ उम्मेदवारले बागी उम्मेदवारी दर्ता गरेका थिए । जसमध्ये कांग्रेसका २, एमालेका ५, माओवादी केन्द्रका २ बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएनन् । जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीका सबै बागी उम्मेवारी फिर्ता भएका छन् ।

मधेस प्रदेशका पालिका प्रमुखमा बागी उठेका कांग्रेसका ३ मध्ये १ जनाले मात्र उम्मेदवारी फिर्ता लिएका छन् भने २ जनाको कायमै छ । एमालेबाट परेको एक मात्र बागी उम्मेदवारी फिर्ता भएको छ भने माओवादी केन्द्रको २ बागी उम्मेदवारी कायम छ ।

बागमती प्रदेशको पालिका प्रमुखमा कांग्रेसको २१, एमालेको ३, माओवादी केन्द्रको ७ बागी उम्मेदवारी परेको थियो । जसमध्ये कांग्रेसको ६, एमालेको २ र माओवादी केन्द्रको २ बागी उम्मेदवारी कायम रहेको छ । जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीको ३–३ बागी परेकोमा सबै फिर्ता भएका छन् ।

गण्डकी प्रदेशको पालिका प्रमुखमा कांग्रेसका २९, एमाले र माओवादी केन्द्रका ४र४, जनता समाजवादी पार्टीका २ र एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका ३र३ जनाले बागी उम्मेदवारी दिएका थिए। जसमध्ये कांग्रेसका १०, माओवादी केन्द्रका ३, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका १–१ बागी उम्मेदवारले उम्मेदवारी कायम राखेका छन् । एमाले र एकीकृत समाजवादीको सबै बागी उम्मेदवारी फिर्ता भएको छ ।

लुम्बिनी प्रदेशको पालिका प्रमुखमा कांग्रेसको ६, एमाले र माओवादी केन्द्रको ४–४, जनता समाजवादी पार्टीको २ र एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको ३र३ बागी उम्मेदवारी परेको थियो । जसमध्ये, कांग्रेसको २, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको १–१, र राष्ट्रिय जनमोर्चाको २ बागी उम्मेदवारी कायम रहेको छ । नेकपा एमालेको भने चारवटै बागी उम्मेदवारी फिर्ता भएको छ ।

कर्णाली प्रदेशको पालिका प्रमुखमा कांग्रेसको १०, एकीकृत समाजवादीको २, माओवादी केन्द्र र एमालेको १–१ बागी उम्मेदवारी परेको थियो । जसमध्ये कांग्रेसको ३ बागी कायम रहँदा अरु सबै बागी उम्मेदवारी फिर्ता भएको छ ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसको ७, एमालेको १, माओवादी केन्द्रको ३, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीको २–२ बागी उम्मेदवारी परेको थियो । जसमध्ये कांग्रेसको ३ र एमालेको १ बागी कायम रहँदा अन्य सबैले बागी उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *