Main News

स्वतन्त्र उम्मेदवारले लिए चुनाव चिन्ह (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख १७ गते २०:४५
स्वतन्त्र उम्मेदवारले लिए चुनाव चिन्ह (भिडियो रिपोर्टसहित)

१७ वैशाख २०७९ काठमाडौं । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारका लागि गुलावको फूल, लौरो, धारा लगायत विभिन्न ४० वटा चिन्ह तय गरेको छ ।

सोहीअनुसार स्वतन्त्र उम्मेदवारहरुले आफूलाई मन परेको चुनाव चिन्ह लिएका छन् । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुले कस्तो चुनाव चिन्ह, किन लिए ?

स्थानीय तह निर्वाचन निर्देशिकाले स्वतन्त्र उम्मेदवारहरुलाई उनीहरुले रोजेकै चिन्ह प्रदान गरिने व्यवस्था गरेको छ । तर दुई वा त्यो भन्दा बढी उम्मेदवारले एउटै चिन्ह रोजेको अवस्थामा भने आयोगले उनीहरुको नामको शुरुको अक्षरका आधारमा प्राथमिकता तय गर्ने नियम छ ।

सोही अनुसार निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ । रोजेर चुनाव चिन्ह लिएकाहरुको रोजाइका कारण भने रोचक छन् । चुनाव चिन्ह धारा रोजेका काठमाडौं महानगरपालिका वडा नम्बर २६ का स्वतन्त्र उम्मेदवार प्रभुलाल जोशी के भन्नुहुन्छ ।

वडा नम्बर २६ कै वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका केदारनाथ पाण्डेले लौरो चुनाव चिन्ह रोज्नु भएको छ ।

हाँस चुनाव चिन्ह रोजेका वडा नम्बर २५ का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार चन्दनकुमार शाक्य भने हाँसलाई पवित्रताको प्रतीक मान्दै आफूले रोजेको बताउनुहुन्छ ।

कसैले भने आफूले दैनिक रुपमा खेल्ने भएकाले केके चिन्ह चयन गरेका छन् ।

केही उम्मेदवारले भने सबैको घरमा कैँची हुने भएकाले कैँचीमा भोट खसाल्न सजिलो हुने भन्दै चुनाव चिन्ह लिएका छन् ।

काठमाडौं महानगरपालिकामा ५८ जना स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह लिएका छन् । ठूला दल र गठबन्धनको बीचमा पनि उनीहरु चुनावी मैदानमा होमिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *