Main News

चुनाव चिन्ह बाँडिँदै, भरतपुरका बागी पौडेलले पाए भूइँकहर, बालेनलाई लौरो

हिमालय टिभी
२०७९ वैशाख १७ गते १५:१४
चुनाव चिन्ह बाँडिँदै, भरतपुरका बागी पौडेलले पाए भूइँकहर, बालेनलाई लौरो

१७ वैशाख २०७९ काठमाडौं । निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई निर्वाचन दिइरहेको छ ।

दलको आधिकारिक उम्मेदवारले दलकै निर्वाचन चिह्न पाउँदा स्वतन्त्र वा बागी उम्मेदवारले आयोगले यसअघि तय गरेको ४० प्रकारका चिह्न मध्येबाट पाइरहेका छन्।

निर्वाचनमा सर्वाधिक चर्चा भएको भरतपुर महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बनेका कांग्रेसका नेता जगन्नाथ पौडेलले भूइँकटहर निर्वाचन चिह्न पाउनु भएको छ ।

यस्तै, काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र तर्फबाट उम्मेदवार बनेका बालेन्द्र शाह ‘बालेन’ले निर्वाचन चिह्न ‘लौरो’ पाउनुभएको छ । धनगढीको उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार गोपाल हमालले ‘आँप’ चुनाव चिह्न पाउनुभयो ।

प्रदेश १ को राजधानी भएको विराटनगर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका उमेश यादव र उपप्रमुख पदमा उम्मेदवार बनेकी नमिता न्यौपानेले ‘लालटिन’ चिह्न पाउनुभयो । आयोगले अन्य स्थानीय तहका स्वतन्त्र उम्मेदवारहरूलाई पनि ४० वटा भित्रबाटै निर्वाचन चिह्न प्रदान गरिरहेको छ ।

उम्मेदवारले निर्वाचन चिह्न पाएसँगै मौन अवधि शुरू हुनु अघिसम्म प्रचार प्रचार गर्न पाउनेछन् । निर्वाचन आयोगले उजुरीमाथि छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । स्थानीय तह निर्वाचनको मतदान यही वैशाख ३० गते हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *