देशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

१७ वैशाख २०७९ काठमाडौं । आज देशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायु र बंगाल आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभावले आज पनि देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार अहिले पनि देशभरकै मौसम आशिंकदेखि सामान्य बदली भइ केही ठाउँमा पानी परिरहेको छ । यो क्रम बेलुकीसम्म नै चलेपनि लगातार झरीको सम्भावना भने नरहेको उहाँको भनाइ छ ।
तुलनात्मक रुपमा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँमा पानी पर्ने देखिएको उहाँले जानकारी दिनुभयो । यो प्रणालीको प्रभाव अझै दुई–तीन दिन रहने देखिएको महाशाखाले जनाएको छ ।
केही समयदेखि पानी पर्न नसक्दा तापक्रम वृद्धि भइ गर्मी बढेको छ । पानी परेसँगै थोरै भएपनि राहत मिल्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया