मुगुमा चुनावी चहलपहल : बाटोघाटो, चियापसल, चौतारी सबैतिर चुनावको चर्चा (भिडियो रिपोर्टसहित)

१६ वैशाख २०७९ मुगु । मुगुमा चुनावी चहलपहल बढेको छ । राजनीतिक दलले आफ्नो घरदैलो कार्यक्रम सँगै बजार क्षेत्रमा र्याली तथा नाराजुलुस गर्न थालेका छन् । बाटोघाटो, चियापसल, चौतारी सबैतिर चुनावको चर्चा शुरु भएको छ ।
मुगुमा राजनीतिक दलले आफ्नो कार्यक्रमलाई निर्वाचन केन्द्रित बनाउँदै लगेका छन् । नागरिकहरु पनि पाँच वर्षपछि आफ्नो प्रतिनिधि छान्न पाउँदा खुसी देखिन्छन् । जुन राजनीतिक दलका नेता आएपनि विकास केन्द्रित नेता आउनु आवाश्यक रहेको नागरिकहरु बताउँछन् ।
मुगुमा १ नगरपालिका र ३ गाउँपालिका छन् । नागरिकहरु आफ्नो उम्मेद्वार छान्न आतुर रहिरहँदा उम्मेद्वार भने आफ्नो एजेण्डा विकास नै भएको बताइरहेका छन् ।
सबै पार्टीका प्रमुख एजेण्डा बाटो, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य नै देखिन्छ । तर, आश्वासन र एजेण्डाको पुलिन्दा निर्वाचन जीतेपछि कार्यान्वयनमा कति जान्छ भन्ने चिन्ता नागरिकमा देखिन्छ ।
प्रतिक्रिया