निर्वाचनको सन्दर्भमा दृष्टिविहीनको यस्तो गुनासो (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख १६ गते २१:४२
निर्वाचनको सन्दर्भमा दृष्टिविहीनको यस्तो गुनासो (भिडियो रिपोर्टसहित)

१६ वैशाख २०७९ धनकुटा । धनकुटाका स्थानिय तहमध्ये चासोका साथ हेरीएको पालिका हो, धनकुटा नगरपालिका । अघिल्लो स्थानिय तह निर्वाचनमा एमालेले जितेको यो नगरपालिकामा पुन पुरानै अनुहार बिच प्रतिस्पर्धा हुने भएको छ ।

११४ मत अन्तरले एमालेका उमेदवारले जितेको धनकुटा नगरपालिकामा यसपटकको जीत कस्को पोल्टोमा जाला भन्ने बहस शुरु भएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा धनकुटाका सबै पालिकामा एमाले विजयी भएको थियो । धनकुटामा चार नगरपालिका र ३ गाउँपालिका छन् । जसमध्ये सबै भन्दा कम मतान्तरले विजयी भएको पालिका हो, धनकुटा नगरपालिका ।

तत्कालिन नेपाली कांग्रसका उम्मेदवार दिनेश राईलाई नेकपा एमालेका उम्मेदवार चिन्तन तमाङले १ सय १४ मतान्तरले पराजित गर्नु भएको थियो । यो पटक पनि राई र तमाङबीच नै चुनावी भिडन्त हुने भएको छ । आफ्नो ५ वर्षे कार्यकालमा गर्न नसकेका र बाँकी रहेका काम यो कार्यकालमा गर्ने भन्दै एमालेका तमाङ मत मागिरहनुभएको छ ।

गठबन्धनका उम्मेद्‍वार भने ५ वर्षमा जनप्रतिनिधिले केही गर्न नसकेको आरोप लगाइरहेका छन् । धनकुटाको स्वरुप परिवर्तन गरेर हेर्न लायक बनाउन तथा दुःखी जनताको पक्षमा काम गर्न आफूहरुलाई जिताउन भन्दै गठबन्धनका उम्मेद्‍वार मत मागिरहेका छन् ।

तामाङ र राईसँगै मेयरमा जनता समाजबादी, राप्रपा र एक स्वतन्त्र उम्मेद्‍वार निर्वाचनको मैदानमा छन् । २०७४ मा नेकपा एमालेका तमाङले ४ हजार ९ सय ३३ मत प्राप्त गर्नुभएको थियो भने काँग्रेसका दिनेश राईले ४ हजार ८ सय १९ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी माओवादी केन्द्रका उम्मेद्वार गणेशबहादुर बिष्टले २ हजार ५ सय ३७ मत प्राप्त गर्दा राप्रापाले २ सय ८४ मत प्राप्त गरेको थियो । तत्कालिन नयाँशक्ति, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनमोर्चा र मधेशी जनअधिकार फोरम नेताको जोड्दा कुल मत १ सय ७९ मात्र थियो ।

अहिले सत्ता गठबन्धनमा रहेका काँग्रेस, माओवादी, एकिकृत समाजवादी र जनमोर्चा एकै ठाउँमा छन् । यसरी हेर्दा गठबन्धनको उम्मेदवारको पक्षमा २४ सय मत देखिन्छ । यद्यपि निर्वाचनको परिणाम कस्को पोल्टामा जान्छ भन्ने यकिन गर्न भने कठिन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *