Main News

उम्मेदवारहरुको आचरण कस्तो हुनुपर्छ ? के-के योग्यता चाहिन्छ? (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख १६ गते २१:१५
उम्मेदवारहरुको आचरण कस्तो हुनुपर्छ ? के-के योग्यता चाहिन्छ? (भिडियो रिपोर्टसहित)

१६ वैशाख २०७९ काठमाडौं । चुनाव नजिकिँदै गर्दा उम्मेदवारको चर्चा पनि चुलिएको छ । कसैको प्रशंसा भैरहेको छ भने कसैले आलोचना खेपिरहेका छन् । कतिको त आचरणमाथि नै प्रश्न उठेको छ । उम्मेदवारहरुको आचरण कस्तो हुनुपर्छ ?

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आचारसंहिता नै जारी गरेको छ । स्थानीय तह निर्वाचन निर्देशिका २०७८ मा उम्मेदवारी दावी गर्न हुन पर्ने योग्यता पनि स्पष्ट रुपमा उल्लेख छ । निर्देशिकाको परिच्छेद ९ मा स्थानीय तहको प्रमुखदेखि सदस्यसम्मको योग्यता उल्लेख गरिएको छ ।

जसमा उम्मेदवार हुन नेपाली नागरिक हुनुपर्ने, २१ वर्ष उमेर पुरा भएको हुनुपर्ने, मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने, कुनै कानुनले अयोग्य नभएको हुनुपर्ने कुरा उल्लेख छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार यी सबै मापदण्ड पुरा गरेर देशभरीबाट ढेड लाखभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोग पनि यही योग्यताअनुसार नै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने तयारीमा छ ।

आयोगले विभिन्न आचारसंहिता र निर्देशिका लागू गरी सही व्यक्तिलाई उम्मेदवार बनाउने तयारीमा जुटिरहँदा, चुनावका लागि उम्मेदवारी दिएकाहरुको अभिव्यक्तिले भने उनीहरु उम्मेदवार बन्न लायक मान्छे हुन् त ? भन्ने प्रश्न चिन्ह खडा गरेको छ । कोही जनाताको प्रश्नै सुन्न नचाहने, कोही कुटाकुट गर्ने त, कोही जनतालाई नै थर्काउँदै प्रवृत्तिका व्यक्तिले पनि उम्मेदवारी दिएका छन् । अनि कार्यकर्ताहरु उनीहरुलाई जिताउन मरिमेटेर लागेका छन् । समाजशास्त्री डाक्टर रामहरि ढकाल भने एउटा उम्मेदवार सफा आचरणको हुनुपर्नेमा जोड दिनुहुन्छ ।

मतपेटिकामा मत खसाल्नु मात्र नागरिकको दायित्व होइन, असल प्रतिनिधि छान्नु पनि हो । योग्य प्रतिनिधि छाने मात्र देशको मुहार फेरिन सक्छ । अन्यथा बाँकी ५ वर्ष टाउकोमा हात राख्दै नेताले केही गरेन भन्नु शिवाय बाँकी केही रहँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *