Main News

भरतपुरका बागी पौडेलले फिर्ता लिएनन् उम्मेदवारी

हिमालय टिभी
२०७९ वैशाख १६ गते १८:५७
भरतपुरका बागी पौडेलले फिर्ता लिएनन् उम्मेदवारी

१६ वैशाख २०७९ काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको उम्मेद्‍वारविरुद्ध बागी उम्मेद्‍वारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले आफ्नो मनोनयन कायम राख्नु भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र सत्तागठबन्धको अर्को घटक पुष्पकमल दाहाल प्रचण्डले आग्रह गर्दा पनि पौडेलले उम्मेदवारी फिर्ता नलिनु भएको हो ।

यो निर्णयसँगै दुई दिनदेखि पौडेललाई फकाउन भरतपुर पुगेका गृहमन्त्री बालकृष्ण खाण आज काठमाडौं फर्किनु भएको छ । कांग्रेस केन्द्रीय समितिले उम्मेद्‍वारी फिर्ता नलिए पार्टी सदस्यता नै खारेज गर्ने चेतावनी दिए पनि पौडेलले आफू उम्मेदवारी फिर्ता लिन नसक्ने ठाउँमा पुगिसकेको भन्दै फिर्ता लिन मान्नुभएन ।

दुई दिनसम्म चितवन बसेर उम्मेदवारी फिर्ता गराउन आग्रह गरेका कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठ आज काठमाडौं फर्किनु भएको छ ।

भरतपुर महानगरपालिकामा दोस्रो पटक पनि माओवादी केन्द्रलाई मेयर पद दिने र काँग्रेसले समर्थन गर्ने केन्द्रले निर्णय गरेदेखि नै चितवनका नेता कार्यकता असन्तुष्ट थिए । तिनै असन्तुष्टिका कारण पौडेलले बागी उम्मेद्‍वारी दिनुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *