Main News

आजदेखि आन्तरिक उडानको अवधि दैनिक १८ घण्टा

हिमालय टिभी
२०७९ वैशाख १५ गते ८:१३
आजदेखि आन्तरिक उडानको अवधि दैनिक १८ घण्टा

१५ वैशाख २०७९ काठमाडौं । आजदेखि आन्तरिक उडानको अवधि दैनिक १८ घण्टा भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न आन्तरिक उडानको समय बढाएर १८ घण्टा पुर्‍याइएको छ।

विमानस्थलको एयर ट्राफिक जामलाई मध्यनजर गर्दै तराईका ६ क्षेत्रीय विमानस्थलमा दैनिक १८ घण्टा उडान हुने नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले रात्रिकालीन उडान योग्य भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

यसले काठमाडौं विमानस्थलको अहिलेको उडान चाप व्यवस्थापन हुने र पर्यटन क्षेत्रमा राहत पुग्ने प्राधिकरणको विश्वास छ ।

त्यस्तै अन्तर्राष्ट्रियतर्फ पनि आगामी जेठ २ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २४ घण्टा नै उडान गर्ने प्राधिकरणको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *