समाज

विद्यालयमा पढाइसँगै कृषि कर्म पनि, पढ्दै कमाउँदै (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख १४ गते २१:०२
विद्यालयमा पढाइसँगै कृषि कर्म पनि, पढ्दै कमाउँदै (भिडियो रिपोर्टसहित)

१३ वैशाख २०७९ सुर्खेत । सुर्खेतको सूर्यप्रकाश माध्यामिक विद्यालयका विद्यार्थी पढाईसँगै आर्थिक उपार्जन पनि गर्छन् । उनीहरु विद्यालयमा पढाइसँगै समूह बनाएर कृषि कर्म गर्छन् र आएको मुनाफा समूहमा बाँड्छन् । विद्यालयमा पढाइसँगै कृषि कर्म सिक्न पाउने र आर्थिक उपार्जन पनि हुने भएपछि विद्यार्थी मात्र होइन अभिभावक पनि खुसी छन् ।

यो कुखुरा फार्म ।
यो माछा पालनका लागि बनाइएको पोखरी ।
र, यो बंगुर फार्म ।
तर, यो कुनै कृषि फार्मको दृष्य भने होइन । यो हो, सुर्खेतको पञ्चपुरी नगरपालिकामा रहेको सूर्यप्रकाश माध्यामिक विद्यालय प्राङ्गण । विद्यार्थी व्यवसायिक रुपमा के गर्न चाहन्छन् भनेर सोधिन्छ र समान चाहना भएका विद्यार्थीको समूह बनाइन्छ । अनि यहाँका विद्यर्थी नियमित अध्ययन त गर्छन् नै सँगै समूह बनाएर कृषि कर्ममा सम्लग्न हुन्छन् ।

आर्थिक उपार्जन हुने र व्यवसायिक ज्ञान पनि सिकिने भएपछि स्थानीय सरकारको सहयोगमा जग्गा भाडामा लिएर समेत विद्यार्थीले कृषि तथा पशुपालन गर्न थालेका छन् । प्राविधिक विद्या रोजेका विद्यार्थीले आर्थिक अभावका कारण अध्ययनबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम शुरु गरिएको विद्यालयले बताएको छ ।

विद्यार्थीले विद्यालय क्षेत्रमा माछापालन, कुखुरा, टर्की तथा बट्टाई, बङ्गुर र मौरी पालन गरेका छन् । विद्यालयमा २०७२ सालबाट कक्षा ९ देखि अनिवार्य विषयका रुपमा प्राविधिक विषय राखिएको हो । स्थानीय पालिकाले सहयोग बढाएमा कार्यक्रमलाई अझै बृहत बनाउन सकिने विद्यालयको भनाइ छ ।

सूर्यप्रकाश मावि, सुर्खेतको यो प्रयास निकै उदाहरणीय छ । आर्थिक उपर्जन गर्दै पढ्ने यस्तै वातावरण तयार गर्नसक्ने हो भने आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित धेरै विद्यार्थीलाई शिक्षाको मूलधारमा जोड्न सकिने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *