Main News

एकअर्काको घोषणापत्रमाथि नेताहरुको यस्तो अशोभनीय टिप्पणी (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख १४ गते २०:४१
एकअर्काको घोषणापत्रमाथि नेताहरुको यस्तो अशोभनीय टिप्पणी (भिडियो रिपोर्टसहित)

१३ वैशाख २०७९ काठमाडौं । अहिले राजनीतिक दलहरु एकले अर्काको चुनावी घोषणपत्रमाथि टिकाटिप्पणी गर्दै घोचपेचका भाषा प्रयोग गरिरहेका छन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि दलहरुले आ–आफ्ना घोषणापत्र जारी गरेसँगै सत्तारुढ दल र प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु घोचपेचमा उत्रिएका हुन् ।

अरु बेला पनि आरोप प्रत्यारोपमा रमाउने गरेका नेताहरुलाई चुनावी घोषणापत्रमाथि तिखो टिप्पणी गरेर आफू राम्रो बन्ने होड चलेको छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार आयोजित एक कार्यक्रममा कांग्रेसको घोषणापत्रमाथि कटाक्ष गर्नुभयो ।

ओली अभिव्यक्ति भुइँमा खस्न नपाउँदै सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंमा आयोजित एक कार्यक्रममा उस्तै शब्दमा जवाफ फर्काउनुभयो ।

चुनावका बेला दलहरु आफ्ना कार्यक्रम लिएर जनतामाझ जानुपर्ने हो । आफ्ना प्राथमिकताबारे प्रचार गर्नुपर्ने हो तर मुखाले भएर अर्काको कमजोरी खोजी हिँड्ने प्रवृत्ति आदर्श भनिएका नेतामा झनै बढी देखिएको छ ।

एकअर्काको घोषणा पत्रमासमेत टिप्पणी गर्ने नेताहरु कार्यान्वयनमा जाँदा चाँहि कस्तो मनोदशामा पुग्छन् होला ? दलहरुले जारी गरेको घोषणा पत्रले विकासको बाढी नै ल्याउला भन्ने विश्वास त नागरिकमा छैन नै। नेताहरुमा देखिएको सहअस्तित्वको खडेरीले नयाँ पुस्तालाई कता लैजाला भन्ने चिन्ता चाँहि थपेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *