Main News

एमाले या फुटेर बनेका दललाई मनमोहनको आत्माले कति सराप्छ होला? (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख १३ गते २१:१०
एमाले या फुटेर बनेका दललाई मनमोहनको आत्माले कति सराप्छ होला? (भिडियो रिपोर्टसहित)

१३ वैशाख २०७९ काठमाडौं । नेपाली समाजले सधैं सम्मान र स्मरण गर्ने नाम हो, मनमोहन अधिकारी । नेपालमा सामाजिक सुरक्षाको अवधारणासहित वृद्धभत्ताको सुरुवात र समाजवादतर्फको यात्राका लागि उहाँ नेतृत्वको तत्कालिन सरकारले गरेका कामको आज पनि उत्तिकै चर्चा हुने गरेको छ । सत्ता स्वार्थमा एमाले विभाजित बनेका बेला अधिकारीको अभाव खट्किएको उहाँका समर्थकहरू बताउँछन्।

देश चुनावी सरगर्मीमा रहँदा एमाले अहिले विभाजित बनेको छ । केपी शर्मा ओलीले नेतृत्व गरेको एमाले र माधवकुमार नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी पार्टी एक–अर्काको शत्रुकारुपमा चुनावी मैदानमा उत्रिएका छन । यी दुबै नेतृत्व २०४७ सालमा माले र मार्क्सवादी मिलेर बनेको एमालेमा थिए ।

त्यसैबेला पार्टी एकताको पहल गर्ने नेता मानिनुहुन्छ, मनमोहन अधिकारी । आफ्नै पहलमा एकताबद्ध बनाएका अधिकारीको २३औँ स्मृति दिवस मनाइरहँदा एमालेबाट विभाजित ओली र नेपाल समूह एक–अर्काको शत्रु जस्तै बनेका छन् ।

यही निर्वाचनको मुखमा एमाले र एकीकृत समाजवादीले उनै अधिकारी नेतृत्वको सरकारले गरेको कामको जस लिने गरेका छन् । २०५१ सालमा भएको निर्वाचनमा ८८ सिट ल्याएर अधिकारी पहिलो कम्युनिष्ट प्रधानमन्त्री बन्नुभयो । नेपालको राजनैतिक इतिहासमा सादगी ,पारदर्शी , इमान्दार र निष्ठावान राजनीतिज्ञको छवी बनाएका अधिकारीले नौ महिनाको कार्यकालको छोटो समयमै कुशल नेतृत्वको भूमिका निर्वाह गर्नुभयो ।

उहाँको निर्णयका कारण आज वृद्धवृद्धाले मासिक ४ हजार जीवन निर्वाह भत्ता पाएका छन् । यसैलाई हालको एमाले र एकीकृत समाजवादीले भजाउने गरेका छन् । कम्युनिष्ट सिद्धान्तलाई अंगीकार गर्नेहरु अहिले विभिन्न गुटमा विभाजित भएका छन् भने उहाँको सिद्धान्तबाट च्यूत हुन थालेका छन् । मनमोहनलाई आदर्शका साथ सम्झिनेहरुले फेरि पनि एकताका साथ कम्युनिष्ट आन्दोलन सशक्त पार्नुपर्ने उहाँका समर्थकहरु बताउँछन् ।

मनमोहनसँगै हातेमालो गरेर कम्युनिष्ट आदर्शको गफ दिनेहरु आज गुटफुटको राजनीतिमा लागेपछि कम्युनिष्ट नेताहरुको छाती भने पोलेको छ ।

भारतीय समकक्षी पिवी नरसिंह सावससमक्ष सन् १९५०को असमान सन्धी पुनरावलोकनको प्रस्ताव गरेका मनमोहनको कम्युनिष्ट आन्दोलन र विरासत जोगाउन उहाँका उत्तराधिकारीहरु पूर्णत असफल बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *