Main News

कामनपामा राप्रपाको तर्फबाट मेयरमा मदनदास श्रेष्ठको उम्मेदवारी दर्ता

हिमालय टिभी
२०७९ वैशाख १२ गते १४:५५
कामनपामा राप्रपाको तर्फबाट मेयरमा मदनदास श्रेष्ठको उम्मेदवारी दर्ता

१२ वैशाख २०७९ काठमाडौं । वरिष्ठ कलाकार मदनदास श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौं महानगरपालिकाको मयेर पदमा उम्मेदवारी दिनु भएको छ ।

आज राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, कार्यकर्तासहित राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर वरिष्ठ कलाकार श्रेष्ठले मेयर पदमा उम्मेदवारी दिनु भएको हो । उम्मेदवारी दिएलगत्तै सञ्चारकर्मीमाझ उहाँले महानगरबासीले आफूलाई विजयी गराउने विश्वास व्यक्त गर्नुभयो ।

वरिष्ठ कलाकार श्रेष्ठले आफू विजयी भएमा अव्यवस्थित रुपमा रहेको काठमाडौं नगरलाई व्यवस्थित बनाउने, ज्येष्ठ नागरिकहरुका लागि सबै वडाहरुमा ज्येष्ठ नागरिक बाटिका, बालबालिकाहरुलाई खेल्नका लागि उपयुक्त हुने खालका बाल बाटिका र युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उहाँले आफ्नो पार्टीले भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको मान्यता लिएको र त्यसलाई आफूले शिरोधार्य गर्दै महानगरपालिकालाई भ्रष्टाचार मुक्त गराउन पनि आफू विजयी भएमा लागिपर्ने संकल्प गर्नु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको उपमेयरमा भने विनिता मगैयालाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *