Main News

किरियापुत्री अधिकारीले गरे नवलपुरको मध्यविन्दुको मेयरमा उम्मेदवारी दर्ता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख १२ गते १४:२१
किरियापुत्री अधिकारीले गरे नवलपुरको मध्यविन्दुको मेयरमा उम्मेदवारी दर्ता (भिडियो रिपोर्टसहित)

१२ वैशाख २०७९ नवलपुर । मातृ शोकमा रहनुभएका नवलपरासी पूर्व नवलपुरका भीमलाल अधिकारीले मध्यविन्दु नगरपालिकाको मेयरमा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेकपा एमालेका जिल्ला सचिवसमेत रहनुभएका अधिकारी पाचँ दिनदेखि मातृ शोकमा हुनुहुन्छ ।
उपमेयर उम्मेदवार, वडा अध्यक्ष, सदस्य लगायतका कार्यकर्ताको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय पुगेर अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

एमालेबाट नगरपालिकाको उपमेयर पदमा पूर्णकला महतो, वडा अध्यक्षहरुमा क्रमशः वडा नम्बर १ मा रामकुमार पुरी, २ मा रामभक्त अधिकारी, ३ मा मानबहादुर महतो, ४ मा डिल्लीराम महतो, ५ मा गणेश पाठक, ६ मा लक्ष्मण पाठकले उम्मेदवारी दिनुभएको छ ।

यस्तै वडा नम्बर ७ मा मधुविलास अधिकारी, ८ वीरेन्द्र चौधरी, ९ मा हिमालसिं ठकुरी, १० मा रणबहादुर थापा, ११ मा कमल बकबल, १२ मा कान्ता कुमाल, १३ मा अर्जुन पंगेनी, १४ मा मीनबहादुर दर्लामी र १५ मा यम बहादुर के।सीले मनोनयन दर्ता गराउनुभएको छ ।

प्रतिक्रिया

One thought on “किरियापुत्री अधिकारीले गरे नवलपुरको मध्यविन्दुको मेयरमा उम्मेदवारी दर्ता (भिडियो रिपोर्टसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *