प्रदेश १ र गण्डकीमा आज हल्का वर्षाको सम्भावना

१२ वैशाख २०७९ काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशको अधिकांश भू–भाग सफा रहने बताएको छ ।
महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको छ । र प्रदेश १ मा आंशिक बदली रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । आज राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाले प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
यस्तै तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्दा गर्मीका कारण हुन सक्ने असरबाट बच्न पनि आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया