Main News

कैलारीको विपतपुर शिविरमा भीषण आगलागी ५० भन्दा बढी घर जलेर नष्ट

हिमालय टिभी
२०७९ वैशाख ११ गते १७:१४
कैलारीको विपतपुर शिविरमा भीषण आगलागी ५० भन्दा बढी घर जलेर नष्ट

११ वैशाख २०७९ कैलाली । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ विपतपुर मुक्त कमैया शिविरमा भीषण आगलागी भएको छ ।

जिल्लाको कैलारी गाउँपालिका–७ को रामपुरमा रहेको विपतपुर शिविरमा आइतबार दिउँसो १२ बजे देखि आगलागी भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख सोमेन्द्र सिंह राठोरले खेतमा गहुँको नल बाल्न लगाइएको आगो हावाको माध्यमबाट शिविरमा फैलिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहे पनि हावाहुरी चलेका कारण समस्या भएको छ ।

करिब ७२ वटा घर रहेको उक्त शिविरका ५० बढी घर जलेर नष्ट भएको कैलारी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कमल चौधरीले जानकारी दिनुभयो ।

आगो नियन्त्रणमा आइनसकेका कारण के–कति घर जले भन्ने यकिन अझै एकिन हुन सकेको छैन। अहिले आगो निभाउने प्रयास भइरहेको छ तर हावाहुरी चलेकाले समस्या भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *