समाज

हरेक वर्खामा त्रिपालको भर ! धादिङको गजुरी गाउँपालिकाका पहिरो पीडितको दुख: (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख १० गते २१:०३
हरेक वर्खामा त्रिपालको भर ! धादिङको गजुरी गाउँपालिकाका पहिरो पीडितको दुख: (भिडियो रिपोर्टसहित)

१० वैशाख २०७९ धादिङ । धादिङको गजुरी गाउँपालिकाका पहिरो पीडित विस्थापित भएको तीन वर्ष हुनै लाग्दा पनि पुनर्स्थापना हुन सकेका छैनन् । अघिल्लो बर्खामा पनि त्रिपालको भरमा कटाएका गजुरी बाह्रबिसेका पहिरो पीडित अबको बर्खामा पनि उही नियति भोग्न बाध्य हुने भएका छन् ।

२०७६ साल साउन ५ गते पहिरोले धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ बाह्रबिसेका २१ परिवार विस्थापित भए । गएको बर्खामा पनि चुहिने त्रिपालमा बिताएका पहिरो पीडितको पुर्नस्थापना कुनै पहल भएन ।

अहिले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरु भोट माग्न पहिरो पीडित भए ठाउँमा पुग्ने गरेका छन । यसअघि पनि नेता र जनप्रतिनिधिको आश्वासन मात्रै पाएका उनीहरु स्थायी बसोबासको लागि पहल नगरेको गुनासो गर्छन ।

प्रि–मनसुन शुरु भैसकेको छ । यो समयमा हावाहुरी चल्ने, चट्याङ पर्ने, वर्षा हुने भएकाले पीडितलाई थप समस्या भएको छ ।

वितेका ३ वर्ष कष्टपूर्ण जिवन गुजारेका बाह्रबिसेका पहिरो पीडितहरु राहत लिएर पुग्नेहरुलाई स्थायी बासको व्यवस्था गरिदिन माग गरिरहेका छन ।

अस्थायी रुपमा चेपाङ्टारीमा त्रिपाल र टहरामा पहिरो पीडितलाई राखिएको छ । पहिरो पीडितले गाउँपालिका लगायतका निकायमा धेरै पटक आफ्नो समस्या सुनाए पनि समाधान निस्किएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *