राजनीति

प्रदेश १ का स्थानीय तहमा चुनावी तालमेल के-कस्तो छ ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख १० गते २०:३५
प्रदेश १ का स्थानीय तहमा चुनावी तालमेल  के-कस्तो छ ? (भिडियो रिपोर्टसहित)

१० वैशाख २०७९ विराटनगर। उम्मेदवार टुग्याउन एक दिन मात्र बाँकी रहँदा पाँच दलीय गठबन्धनले प्रदेश १ का धेरै जसो स्थानीय तहमा चुनावी तालमेलको खाका तयार गर्न सकेका छैनन्। गठबन्धनभित्रका दलहरुले एकै स्थानीय तहमा दाबी नछोडेपछि सहमति हुन नसकेको हो ।

प्रदेश १ का १४ जिल्लाअन्तर्गत १३७ स्थानीय तहमा सत्तागठबन्धनले उम्मेदवारको भागबण्डा मिलाएका छन् । ताप्लेजुङ, खोटाङ र भोजपुरमा गठबन्धनबीच भागबण्डा टुंगिएको छ । यसबाहेक धनकुटा, तेह्रथुम, सोलुखुम्बु र ओखलढुंगाका केही स्थानमा कुरा मिल्न बाँकी छ ।

ताप्लेजुङमा ७ वटा पालिकाको प्रमुख–अध्यक्ष नेपाली कांग्रेसले, माओवादी केन्द्रले २ वटा पालिकाको अध्यक्ष पाउने भएको छ भने नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष पाउने भएको छ । भोजपुरमा कांग्रेसले ५ पालिका, माओवादी केन्द्रले २ र नेकपा एकीकृत समाजवादीले २ वटा उपाध्यक्ष तथा जनता समाजवादी पार्टीले जिल्ला समन्वय समितिको प्रमुख पाउने सहमति भएको छ ।

दुईवटा पालिकामा भने स्वस्थ प्रतिस्पर्धा गर्ने सहमति जुटको छ । खोटाङमा गठबन्धन दलको सहमति अनुसार ३ कांग्रेस र माओवादीले तीन तीन तहको नेतृत्वमा उम्मेदवारी दिने भएका छन । ४ वटा पालिकामा कांग्रेस बाहेकका तीन दलको गठबन्धन बनेको छ ।

कांग्रेसबाहेक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवाली र जनता समाजवादी पार्टीबीच खोटाङका चार पालिकामा छुट्टै सहमति भएको छ । खोटाङमा कांग्रेस, एमाले र अन्य गठबन्धन दलबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।

केन्द्रबाटै पाँच दलको गठबन्धन गर्ने निर्णय गरेपछि इलाम, पाँचथर, तेह्रथुम र धनकुटामा भागबण्डा टुंगिन लागेको नेताहरुको दाबी छ । प्रदेश १ का अन्य ६ जिल्लामा गठबन्धन हुने सम्भावना कमजोर देखिएको छ ।

गठबन्धन दलकै नेताहरूले दिएको जानकारी अनुसार झापा, मोरङ, सुनसरी, सोलुखुम्बु, संखुवासभा र उदयपुरमा पाँच दलीय गठबन्धन हुने सम्भावना कम छ । पाँच दलिय गठबन्धन भित्रका दलहरुले यी जिल्लाका स्थानीय तहमा तालमेलको सम्भावना न्यून भएपछि आन्तरिक रुपमा उम्मेदवार छनोटका लागि गृहकार्य थालेका छन ।

केन्द्रले प्रदेश १ को एक मात्र विराटनगर महानगर, दुई उपमहानगर ईटहरी र धरान मा भने तालमेल गरेर जाने निर्णय गरिसकेको छ । जस अनुसार विराटनगर महानगर र इटहरी काँग्रेस र धरान माओवादी केन्दको भागमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्