राजनीति
माओवादी केन्द्रले टुंगो लगायो महानगर प्रमुखको उम्मेदवार
२०७९ वैशाख १० गते १८:५२

१० वैशाख २०७९ काठमाडौं । सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रले महानगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ ।
माओवादीको भागमा परेको भरतपुर महानगपालिकाको मेयरमा रेनु दाहाललाई उम्मेदवार बनाएको छ । ललितपुर महानगरपालिकाको उपमेयरमा बाबुराज बज्राचार्यलाई उम्मेदवार बनाएको छ ।
यस्तै माओवादीले जीतपुर सिमरा उपमहानगरको मेयरमा राजन पौडेल र घोराही उपमहानगर मेयरमा हेमराज शर्मालाई उम्मेदवार बनाएको छ ।
धनगढी उपमहानगरको उप मेयरमा शान्ति अधिकारीलाई उमेदवार बनाएको छ । धरानको उपमेयरमा अइन्द्रविक्रम मेघा, सूर्यबहादुर भट्टराई, उद्धबहादुर लिम्बु सिफारिस हुनुभएको छ ।
भोलि दिउँसोसम्म माओवादीले सबै स्थानीय तहका उम्मेदवारको टुंगो लगाइसक्ने जनाएको छ ।
प्रतिक्रिया