राजनीति

स्थानीय तह निर्वाचनका लागि एमालेको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

हिमालय टिभी
२०७९ वैशाख ९ गते १६:३२
स्थानीय तह निर्वाचनका लागि एमालेको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

९ वैशाख २०७९ काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आयोजित पार्टी स्थापना दिवस समारोहमा एमाले अध्यक्ष केपी ओलीले निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुभएको हो । एमालेले देशभरका ७५३ वटा पालिकामा प्रतिवद्धता सार्वजनिक गरेको जनाएको छ ।

घोषणपत्रमा सत्तागठबन्धन र गठबन्धन नेतृत्वको सरकारको आलोचना गरिएको छ । त्यस्तै संसद बिघटन गरी निर्वाचन घोषणा गरिएको ओली सरकारको कदमको बचाउ गरिएको छ ।

विगतमा ओली सरकारले भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय फड्को मारेको दाबी गरिएको छ । समाजवाद नै पार्टीको गन्तव्य रहेको घोषणपत्रमा दावी गरिएको छ भने समामाजिक न्याय सहितको आर्थिक विकास र सम्बृद्धि एमालेको दृष्टिकोण रहेको, सामाजिक न्याय र सुरक्षामा जोड दिइएको छ ।

निर्वाचनको मिति नजिँकिँदै गर्दा पार्टीहरुले आफ्नो घोषणापत्र सार्वजनिक गर्न थालेका हुन् ।घोषणापत्र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको समितिले तयार पारेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्