एसईई परीक्षा आजदेखि शुरु
९ वैशाख २०७९ काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई( आजदेखि शुरु भएको छ। दुई वर्षपछि भौतिक उपस्थितिमा परीक्षा सञ्चालन भएको हो ।
यो वर्ष एसईईमा पाँच लाख १४ हजार ९७७ विद्यार्थी सहभागी भएका छन् । कुल परीक्षार्थीमध्ये छात्राको संख्या दुई लाख ५७ हजार ९२४ छ भने छात्र दुई लाख ५७ हजार ५३ रहेका छन्।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार पहिलो दिन आज अनिवार्य अंग्रेजीको परीक्षा हुँदैछ। वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य वा अंग्रेजीको परीक्षा पनि हुँदैछ ।
एसईई वैशाख २० गते सकिने छ। नियमित तालिकाअनुसार चैतमा एसईई हुनुपर्ने थियो । कोरोना संक्रमणका कारण शैक्षिक शत्र गत असारबाट शुरु भएकाले चैतमा कक्षा सञ्चालन गरेर वैशाखमा परीक्षा गरिएको हो।
कोरोनाकै कारण गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिएको थियो।
प्रतिक्रिया