Main News
भागबण्डा टुंगो लगाउन आज पनि सत्ता गठबन्धनको बैठक
२०७९ वैशाख ६ गते ८:०३

६ वैशाख २०७९ काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवार भागबण्डाका लागि आज पनि सत्तारुढ दलको बैठक बस्दैछ ।
आज बस्ने बैठकले सबै महानगर र उपमहानगरको भागबण्डा टुंगो लगाउने नेताहरुले दाबी गरेका छन् ।
स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा हिजो दिनभर बसेको गठबन्धनको बैठकमा सहमति जुट्न नसकेपछि आज पुन बैठक बस्न लागेको हो ।
सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका नेताहरुले हिजो आआफ्नो दाबी राखेका छन् ।
प्रतिक्रिया