राजनीति

सत्ता गठबन्धन बैठक निष्कर्षविहीन, बैठक भोलि पुनः बस्ने

हिमालय टिभी
२०७९ वैशाख ५ गते १९:०८
सत्ता गठबन्धन बैठक निष्कर्षविहीन, बैठक भोलि पुनः बस्ने

५ वैशाख २०७९ काठमाडौं । सत्तारुढ पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा आज पनि सहमति जुटन सकेन ।

सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेलका लागि गरिएको दिनभरको प्रयास असफल भएको हो । तर धेरै ठाउँमा सहमति नजिक पुगिएको र त्यसलाई अन्तिम रुप लिन भोलि साढे ११ बजे पुनः बैठक बोलाइएको कांग्रेस नेतासमेत रहनु भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडासमेतको वस्तुगत स्थितिको बारेमा आफूहरुबीच व्यापक छलफल भएको र भोलि त्यसलाई अन्तिम रुप दिने सहमति गरिएको पनि बताउनु भयो । भोलि चुनावी तालमेलको विषयमा निर्णय हुने र त्यसलाई आफूले सञ्चार माध्यामबाट नै सार्वजनिक गर्ने सञ्चारमन्त्री कार्कीको भनाई छ ।

बैशाख ३० गते स्थानीय तहका निर्वाचन सम्पन्न हुँदैछ । सत्तारुढ गठबन्धनले भने चुनावी तालमेल गरेर उम्मेदवार उठाउने सहमति गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्