समाज

कसरी टाट पल्टियो तुलसीपुर उपमहानगर ? (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख ५ गते १६:५४
कसरी टाट पल्टियो तुलसीपुर उपमहानगर ? (भिडियो रिपोर्टसहित)

५ वैशाख २०७९ दाङ । स्थानीय सरकार टाट पल्टिनु स्वभाविक घटना होइन । तर दाङको तुलसीपुर उपमहानगरपालिकाको अवस्था अहिले यतिसम्म बिग्रेको छ कि रकम अभावले मजदुर तथा व्यवसायीलाई भुक्तानी दिनसमेत सकेको छैन ।

तुलसीपुर उपमहानगरमा अहिले बिलले भरिएका फाइल बोकेर आउनेको संख्या धेरै छ । भुक्तानीका लागि उपभोक्तादेखि निर्माण व्यवसायीसम्म कार्यालय आउँछन तर उपमहानगरसँग रकम अभाव भएको जवाफ सुनेर फर्किन्छन् ।

बिल पेस गरेको दुई महिना पुग्दासम्म रकम नपाउँदा व्यावसायी हैरान छन् । राजनीतिक प्रचारका लागि बिना बजेट काम गराउँदा समस्या भएको व्यवसायीको आरोप छ ।

गोपाल वलीले उपमहानगरमा काम गरेको साढे १ करोडभन्दा बढी भुक्तानी पाउन बाँकी छ । कतिपय वडाका अध्यक्ष भने उपमहानगरले पार्टी निकट व्यक्तिलाई बजेट वितरण गर्दा ऋणमा गएको दाबी गर्छन् ।

उपमहानगरपालिका पनि आन्तरिक स्रोत नहुँदा भुक्तानीमा ढिलाइ भएको स्वीकार्छ ।

यो आर्थिक वर्ष उपमहानगरपालिकाले ६० करोड राजश्व उठाउने लक्ष्य लिएको थियो । तर, अहिलेसम्म त्यसको एक तिहाई पनि राजश्व संकलन भएको छैन् । यसले उपमहानगरपालिकालाई समस्या भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *