राजनीति
एमाले सचिवालय बैठक आज बस्दै
२०७९ वैशाख ५ गते ७:४५
५ वैशाख २०७९ काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
स्थानीय तहको चुनाब केन्द्रित एजेण्डाहरुमाथि छलफल गर्न बैठक बोलाइएको हो । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा साँझ ६ बजे बस्ने कार्यक्रम छ ।
सचिवालय बैठक अघि बिहान ११ बजे केन्द्रीय कार्यालयको बैठक बस्दैछ । सचिवालय बैठकमा महानगर, उपमहानगरका उम्मेदवारका विषयमा छलफल हुने छ ।
यस्तै स्थानीय तह अनुसार हुनसक्ने तालमेलबारे पनि छलफल हुने नेताहरुले बताएका छन् ।
प्रतिक्रिया