समाज

मासु खान मात्र होइन, पशुपन्छी पाल्न पनि नपाइने एउटा यस्तो गाउँ (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख ४ गते १८:२७
मासु खान मात्र होइन, पशुपन्छी पाल्न पनि नपाइने एउटा यस्तो गाउँ (भिडियो रिपोर्टसहित)

४ वैशाख २०७९ धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले एउटा अलग्गै पहिचान बनाएको छ । यो पालिकामा केही यस्ता वस्ती पनि छन् जहाँ मासुजन्य वस्तुको उपयोग त परको कुरा मासुका लागि प्रयोग हुने पशुपन्छी पाल्नसमेत पाइँदैन ।

सहिदभूमि गाउँपालिका वडा नम्वर दुई साम्बुका ७२ वर्षीय भरतलाल राई, किराँत समुदायको हुनुहुन्छ । यस समुदायको जन्मदेखि मृत्यु संस्कारसम्म मदिरा र मासुको प्रयोग अनिर्वाय हुन्छ । तर अहिले राईको घरमा राँगा, बंगुर, हाँस, कुखुरा जस्ता मासुका लागि प्रयोग हुने पशुपन्छी छैनन् । भान्सामा कहिले पनि मासुका परिकार बन्दैनन् । मदिरा बनाउनका लागि चुलोमा कहिले पानी तात्दैन ।

उहाँको परिवारका सबै सदस्य हरेक महिनाको शुक्लपक्षमा पूर्णब्रत बस्छन् । किराँत समुदायको यो परिवारले शाकाहारी भोजन र सात्विक जीवनशैली अंगालेको छ ।

भरतलालको घर मात्रै होइन, यस गाउँका सबैजसो घरमा एउटा तुलसीको मठसगै बाँसका लिङ्गामा सत्यनाम लेखिएको सेतो रङ्गका ध्वाजा राखिएको छ । यो उनीहरुको पहिचान बनिसकेको छ ।

सन्त कवीर पथ अंगालेका उनीहरु प्राणीप्रेम र अहिंसाप्रतिको सनातन आस्थामा अडिग छन् । मासुसँगै धुम्रपान, मद्यपान सेवन गर्दैनन्, वृद्धवृद्धादेखि युवा पुस्तामा पनि पशुवली र प्राणी हत्या पाप हो भन्ने विश्वास छ ।

सहिदभूमि गाउँपालिकाभित्र किराँत समुदायको एकसय ५० परिवारको बसोबास छ । यस गाउँपालिकाका बसिन्दाको आम्दानीको माध्यम कृषि नै हो । तर बंगुर, हाँस, कुखुरा, परेवा, बाख्रा पाल्दैनन् । दुधका लागि गाइभैंसी पाले पनि राँगा पाल्न बर्जित छ । यहाँ पूजाआजा र वैद्धिक कार्यमा फूल र नरिवल चढाइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *