राजनीति

गठबन्धनको संयन्त्र बैठकमा दलहरुको आआफ्नै यस्ता दाबी

हिमालय टिभी
२०७९ वैशाख ४ गते १७:५६
गठबन्धनको संयन्त्र बैठकमा दलहरुको आआफ्नै यस्ता दाबी

४ वैशाख २०७९ काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकामा भागबण्डा मिलाउन बसेको सत्तारुढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठक निष्कर्षविहीन बनेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित जितपुर–सिमरा, हेटौंडा, घोराही र धरान उपमहानगरपालिकाको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकासहित बुटवल, हेटौंडा, इटहरी र धरान उपमहानगरपालिकाको नेतृत्वमा आफ्नो अडान राखेको छ ।

गठबन्धनको अर्को घटक जनता समाजवादी पार्टीले पनि वीरगञ्ज महानगरपालिका र जनकपुरधाम, नेपालगञ्ज उपमहानगरपालिका पाउनुपर्ने दाबी गरेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

गठबन्धन घटकहरुबीच कुरा मिल्न नसकेपछि भोलि शीर्ष तहमा छलफल गरेर टुंग्याउने समझादारी बनेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्