राजनीति
गठबन्धनले महानगर र उपमहानगरको उम्मेदवारको टुंगो भोलि मात्र लगाउने
२०७९ वैशाख ४ गते १३:१२
![गठबन्धनले महानगर र उपमहानगरको उम्मेदवारको टुंगो भोलि मात्र लगाउने](https://www.himalayatv.com/wp-content/uploads/2022/02/gathabandhan.jpg)
४ वैशाख २०७९ काठमाडौं । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार भोलि मात्र टुंगो लगाउने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा भोलिसम्ममा टुंगो लगाउने भएको हो ।
यसअघि गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा केन्द्रबाटै गर्ने सहमति गरिसकेको छ । त्यस्तै सबै प्रदेशमा तालमेलको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने बैठकले निर्णय गरेको छ ।
यस्तै बैठकले गठबन्धन घटकले नै जित्ने स्थानमा मैत्रीपूर्ण प्रतिष्पर्धा गर्ने पनि निर्णय गरेको छ । गठबन्धनको बैठकमा अहिलेसम्मको अवस्थाका बारेमा समीक्षा पनि भएको थियो ।
प्रतिक्रिया