राजनीति

तालमेल बारे निर्णय गर्न सत्ता गठबन्धनको बैठक बस्ने तयारी

हिमालय टिभी
२०७९ वैशाख ४ गते ९:०२
तालमेल बारे निर्णय गर्न सत्ता गठबन्धनको बैठक बस्ने तयारी

३ वैशाख २०७९ काठमाडौं । यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा के कसरी तालमेल गर्ने भन्ने बारेमा छलफल गर्न सरकारमा सहभागी दलहरूको बैठक आज बस्ने तयारी भएको छ ।

यद्यपि समय भने टुङ्गो नलागेको नेताहरूले बताएका छन् । एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले आज छलफल गरेर निर्णयमा पुग्ने तयारी भए पनि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको व्यस्तताका कारण समय अझैँ निश्चित नभएको जानकारी दिनुभयो ।

सत्ता बठबन्धन दलबीच चुनावमा तालमेल गरेर जाने भन्नेमा यसअघि निर्णय भए पनि कुन स्वरुपको तालमेल गर्ने भन्नेमा अहिलेसम्म पनि सहमति जुटेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्