Main News

चुनावमा तालमेल : दलहरुको आ-आफ्नै अडान, उम्मेद्वार टुङ्गो लगाउन मुस्किल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख ३ गते २०:१८
चुनावमा तालमेल : दलहरुको आ-आफ्नै अडान, उम्मेद्वार टुङ्गो लगाउन मुस्किल (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७९ काठमाडौं । लुम्बिनी प्रदेशमा ४ वटा र सुदूरपश्चिम प्रदेशमा एउटा उपमहानगरपालिका छन् । यी उपमहानगरमा पनि फरक फरक दलको आफ्नै अडान कायम रहँदा सत्ता गठबन्धनलाई उम्मेद्वार टुङ्गो लगाउन मुस्किल पर्ने देखिएको छ ।

गत निर्वाचनमा बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए । तर एमालेका उम्मेद्वार शिवराज सुवेदी विजयी हुनुभयो। त्यसैले बुटवलमा नेकपा एसको मुख्य दाबी देखिन्छ ।

यद्यपि कांग्रेस र माओवादी पनि आफ्नो अडानबाट हटेका छैनन् । तिलोत्तमा नगरपालिकामा बालकृष्ण खाँडका भाई रामकृष्णलाई छनोट गरेमा भने यो स्थानीय तह माओवादी वा एकीकृत समाजवादीको पोल्टोमा पर्ने देखिन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले २०७४ को निर्वाचनमा जितेको क्षेत्र हो नेपालगञ्ज उपमहानगरपालिका । नेपालगञ्जमा मेयर हारे पनि उमपेयरसहित कार्यपालिकामा बहुमत जितेको कांग्रेसले आफ्नो दाबी प्रस्तुत गरिरहेको छ । आंशिक रुपमा भए पनि प्रभाव क्षेत्र रहेको भन्दै नेपालगञ्ज आफूले पाउनुपर्ने दाबी जसपाको छ ।

२०७४ को निर्वाचनमा दाङका दुवै उपमहानगरपालिका तुल्सिपुर र घोराहीमा एमालेले विजय हाँसिल गरेको थियो । त्यसैले यी दुबै क्षेत्रमा एकीकृत समाजवादीको दाबी छ । दोस्रो भएको कांग्रेसले दुबै उपमहानगर छोड्ने देखिँदैन । घोराहीमा माओवादी नेता जीवन गौतमलाई उम्मेद्वार बनाइए तुलसीपुर कांग्रेसका लागि छोड्ने मनस्थितिमा माओवादी देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *