Main News

राजेन्द्र बानियाँ ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’बाट पुरस्कृत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख ३ गते २०:१३
राजेन्द्र बानियाँ ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’बाट पुरस्कृत (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७९ काठमाडौं । गोविन्द वियोगी पत्रकारिता पुरस्कारबाट हिमालय टेलिभिजन एचडीका समाचार प्रमुख राजेन्द्र बानियाँ पुरस्कृत हुनुभएको छ ।

नुवाकोटको सूर्यचौरस्थित गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रमा आज आयोजित कार्यक्रममा बानियाँलाई पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएवापत पुरस्कृत गरिएको हो । पुरस्कार ग्रहण गर्दै समाचार प्रमुख बानियाँले आफूलाई थप जिम्मेवार बनाएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले वियोगी लगायतले पत्रकारिताका माध्यमबाट लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको भूमिकाबारे चर्चा गर्नुभयो ।

२०६२ मा सम्पादक समाज नेपालका संस्थापक गोविन्द वियोगीको आकस्मिक निधन पछि उहाँको सम्झनामा पुरस्कार स्थापना गरिएको हो ।

यसैगरी राष्ट्रिय समाचार समितिका वरिष्ठ सम्पादक विष्णुप्रसाद नेपाललाई विशेष पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । त्यसैगरी मल्ल के सुन्दर, पुरुषोत्तम दाहाल र कृष्णा ताम्राकारलाई सम्पादक समाज सम्मानबाट सम्मानित गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *