Main News

काठमाडौंमा एकपटक आफूलाई काम गर्ने मौका दिन रवीन्द्र मिश्रको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख ३ गते १८:२७
काठमाडौंमा एकपटक आफूलाई काम गर्ने मौका दिन रवीन्द्र मिश्रको आग्रह (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७९ काठमाडौं । विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले घोषणापत्र सार्वजनिक गरेका छन् ।

घोषणा पत्र सार्वजनिक कार्यक्रममा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले महानगरपालिकामा एक पटक आफूहरुलाई काम गर्ने मौका दिन आग्रह गर्नु भयो । उहाँले अरु दललाई दशकौँदेखि मौका दिइरहे पनि खास परिवर्तन हुन नसकेको भन्दै एकपटक आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।

विवेकशील साझा पार्टीका तर्फबाट मेयरको उम्मेदवार समीक्षा बास्कोटा र उपमेयरकी उम्मेदवार कीर्ति तुलाधरले पनि पार्टीको प्रतिज्ञापत्र अनुसार आफूहरुले काम गर्ने भन्दै जिताउन अपिल गर्नुभयो ।

गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा तत्कालीन विवेकशील पार्टीबाट रञ्जु दर्शना र साझा पार्टीबाट किशोर थापा मेयरको उम्मेदवार बन्नु भएको थियो ।

वैकल्पिक शक्तिका रुपमा यी दुवै उम्मेदवारले लोकप्रिय मत प्राप्त गरेपछि दुई पार्टीबीच एकीकरण भएको थियो । तर यसपटकको निर्वाचनसम्म आइपुग्दा विवेकशील साझा पार्टी टुटफुट र विग्रहले कमजोर बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *