राजनीति

स्थानीय तह निर्वाचनमा सम्मानजनक उपस्थिति हुने राप्रपा नेपालका अध्यक्ष थापाको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख ३ गते १४:३६
स्थानीय तह निर्वाचनमा सम्मानजनक उपस्थिति हुने राप्रपा नेपालका अध्यक्ष थापाको दाबी (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७९ बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनबाट सम्मानजनक उपस्थिति हुने र पार्टी स्थापित हुने बताउनु भएको छ ।

बुटवलमा पत्रकार सम्मेलनमा अध्यक्ष थापाले पार्टीले खुट्टा टेक्ने ठाउँसम्म बनाउनका लागि स्थानीय निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरिएको बताउनुभयो ।

प्रतिनिधिसभाको निर्वाचनमा भने पार्टीलाई राष्ट्रिय पार्टीको रुपमा स्थापित गराएरै छाड्ने थापाको दावी छ ।

अब देशमा राजसंस्थाको आवश्यकता नरहेको र राप्रपाको अबको एजेण्डा गणतन्त्रसहितको हिन्दू राष्ट्र रहेको थापाको भनाइ छ । उहाँले राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपालमै समाहित हुने दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्